सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेः ओली

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको पनि बताए ।

उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।