कार्यकर्ताहरूलाई धन्यवाद दिदैं ओलीले भने, “अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए”

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्माले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाएको बताएका छन्।

मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई धन्यवाद दिदैं जनताले पार्टी जोगाएको बताएका थिए । ‘प्रचण्ड षडयन्त्र भए माकुने षडयन्त्र भए अरू षडयन्त्र भए ती सबै षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ । पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिध्यााउन लाग्दा पनि पार्टी सकिएन’, ओलीले भने, ‘तपाइ सबैलाई धन्यवाद ।’

पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडि बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए । उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए ।