मन्त्रीमण्डल पुनर्गठन गर्ने कुनै तयारी छैनः प्रधानमन्त्री
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुनै तयारी नरहेको बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ, को मन्त्री हट्छ?, को आउँछ?, गृहमन्त्री हट्ने रे भन्ने चर्चा धेरै भयो। तर हामीले अहिले गठबन्धनभित्र छलफल गरेको छैन, यसबारे सोचिएको छैन। म प्रधानमन्त्री छु, मेरो दिमागमै छैन यो कुरा। त्यसकारण यो सबै हल्ला मात्रै हो, उनले भने।
नेपाल एयरलाइन्सका ३१ यात्रु छुटेकोबारे आफू दुबई पुगेपछि मात्रै थाहा भएको उनले बताए। आफूले समयमै उक्त जानकारी पाएको भए पर्खेरसँगै लैजाने उनको भनाइ थियो।