विप्लवलाई पक्राउ पुर्जी काटेकाे बिराेधमा काठमाडौंमा भब्य मसाल जुलुस

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं – नेकपा महासचिव विप्लव सीसहितका नेताहरूका बिरूद्ध अदालतले जारी गरेकाे पक्राउ पुर्जीकाे विराेधमा काठमाडौंमा भब्य मसाल जुलुस प्रदर्शन गरिएकाे छ । नेकपाकाे केन्द्रीय नीति अनुसार काठमाडौं जिल्ला नम्बर १ ले भब्य मसाल जुलुससहित प्रदर्शन गरेकाे हाे ।

काठमाडौंकाे थहिठीबाट सुरू भएकाे मसाल जुलुस इन्द्र चाेक, असन हुँदै भाेटाहिटीमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । नेकपा केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीले काेणसभालाई सम्बाेधन गर्दै गर्दा प्रहरले बिथोल्न खाेजेकाे थिए ।

नेकपा केन्द्रीय सदस्य भृकुटी सीले चर्का नारा लगाएपछि प्रहरी ब्याक भएकाे थियाे । पछि गाललागी हुने डरले आफूहरुले आहार निभाउन खाेजेकाे प्रहरीले प्रतिक्रिया दिएकाे थियाे ।

मसाल जुलुसमा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की ईन्चार्ज भृकुटी सी, केन्द्रीय सदस्य तथा श्रमिक सामुदाय मोर्चाका अध्यक्ष रामलाल सी, केन्द्रीय सदस्य ज्ञानुसी लगायतको उपस्थिति रहेको थियो ।

साेमबार काठमाडौं जिल्ला अदालतले नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पाेलिटब्युराे सदस्य माईला सी लगायतका नेताहरूलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेकाे थियाे । यसैकाे विराेधमा नेकपाले मंगलबार आन्दाेलनका कार्यक्रम सार्वजनिक घाेषणा गरेकाे थियाे । साेहि कार्यक्रम अनुसार देशभर बिराेध स्वरूप मसाल जुलुस गरिएकाे हाे ।