पक्राउ पूर्जी विरुद्ध पुर्वी ताम्सालिङ ब्युरोमा विशाल मशाल जुलुस प्रदर्शन
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी पुर्वी ताम्सालिङ ब्युरो अन्तरगत विभिन्न जिल्लामा पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको छ ।
नेकपा पुर्वी ताम्सालिङ ब्युरोले पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताहरुमाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको चर्को विरोध गर्दै मंगलबार मशाल जुलुस प्रदर्शन गरेको हो ।
नेकपा रामेछापले खाडादेवीमा मंगलबार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । त्यसैगरी काभ्रेको बनेपा बजारमा नेकपाका नेताकार्यकर्ताले बनेपाको चारदोबाटोचोकमा विभिन्न नारासहित मशाल जुलुस प्रदर्शन गरेका छन् । यसैगरी दोलखा जिल्लाको सुनखानी, मालु र तामाकोसीमा पनि मसाल जुलुस प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
मशाल जुलुस प्रदर्शनमा नेकपाका नेताकार्यकर्ताले कथित पक्राउ पुर्जी खारेज गर ! नेकपा जिन्दावाद!एकीकृत जनक्रान्ति जिन्दावाद ! तीन बुँदे सहमति कार्यान्वयन गर ! दलाल सत्ता मुर्दावाद ! लगायतका नाराहरु लगाएका थिए ।