युवाहरूलाई देशमै राेक्न खेलकुदमा जोड दिनुपर्छ : वाटर सी
हेटौंडा – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दक्षिण-पुर्व मकवानपुरका जिल्ला ईन्चार्ज वाटर सीले युवा पङ्तिलाई आफ्नै देशमा राेक्न खेलकुदमा जोड दिनुपर्ने बताएका छन् । शनिबार हेटौंडामा आयोजित अखिल(क्रान्तिकारी), मकवानपुर जिल्ला समितिकाे चाैथाे पूर्ण बैंककलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले पढाई पूरा भएपनि देशमा रोजगार नपाउने, मन भुलाउने बाटो पनि नभेटिने भएपछि युवाहरुले वैदेशिक रोजगारको बाटो खोज्ने उनकाे भनाई थियाे । यस्तै भए देशमा केही समय पछि बुढापाकाहरु र बालबालिकाहरु मात्र देखिने उनकाे जिकिर थियाे ।
उनले विद्यार्थी नेताको जवाफ कामबाट हुनुपर्ने भन्दै भाषाणबाट मात्र हैन संगठन निर्माण नहुने बताए । अखिल (क्रान्तिकारी) का अध्यक्ष सुर्य सीकाे अध्यक्षतामा बसेकाे बैठकले २३औं राष्ट्रिय सम्मेलन केन्दीत निर्णय गरेकाे छ ।