युवाशक्ति भनेको देशको ऊर्जावान शक्ति हो : एटम सी
मकवानपुर – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवम् पश्चिम नारायणी ब्युरो इन्चार्ज एटम सीले युवाशक्ति भनेको देशको ऊर्जावान शक्ति भएको बताएका छन् । शनिबार हेटौंडामा आयोजित अखिल(क्रान्तिकारी) मकवानपुर जिल्लाको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले युवा शक्तिलाई जागरुक गर्न सकेमा, देशमै आफ्नो पसिना बगाउन पाएमा ढुङ्गाको ठाउँमा सुन फलाउन सक्ने र देशको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा परिवर्तन वा सुधार ल्याउन सक्ने बताए । ”युवा त्यो शक्ति हो जसले आक्रमण गरी सकेपछि धारिला तरवार, बन्दुक र बम बारुथले समेत रोक्न सक्दैन।”, उनले भने, ”त्यसैले अब देशका सम्पूर्ण युवा शक्तिहरुलाई जागरुक र सशक्त बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु अगाडि बढ्नु पर्दछ ।”
युवाहरुलाई सशक्तिकरण गराउनु पर्नेमा उनकाे काेष थियाे । अखिल क्रान्तिकारीका अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले २३ औं राष्ट्रिय सम्मेलन केन्द्रित निर्णय गरेको छ।
बैठकमा नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज वाटर सी, अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य तथा नारायणी ब्युरो ईन्चार्ज तारा सीकाे उपस्थिति रहेको थियो ।