पदिय मर्यादा विपरित जनकपुर उच्च अदालतले आदेश दिएको भन्दै संसदीय सुनुवाई समितिमा उजुरी

बुधबार, २७ मंसिर २०८०

काठमाडौँ – जनकपुर उच्च अदालतले पदिय मर्यादा बिपरित आदेश दिएको भन्दै संसदीय सुनुवाई समितिमा उजुरी परेको छ। जनकपुर उच्च अदालतकी प्रस्तावित न्यायधिस सारंगा सुबेदीले बिरगंज इजलासमा हुँदा आफ्नो पदिय मर्यादा विपरित पिडितमाथी नै थप पिडा हुनेगरी दिएको आदेश बिरुद्ध संसदीय  सुनुवाई समितिमा उजुरी परेको हो।

बुधबार जीतपुर सिमरा उपमहानगरपालिकाका चिरन्जीवी भक्त पौडेलले एक विज्ञप्तिसहित न्यायधिस सारंगा सुबेदीको विरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी दिएका हुन्। उनको संसदीय सुनुवाई समितिमा न्यायाधिसले आफ्नो पदिय मर्यादाबाट बिचलित भई आदेश दिएको आरोप लगाएका छन्।

पौडेलद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ,(६ फिट अग्लो ९० केजी वजन ) भएकोले गर्दा त्यहाँ रहेका सबै अभियुक्तहरुको पनि केहि नलाग्दा; एक पेसेवार अभियुक्तले टुप्पीको स्थानमा प्रहार गरि ढालेको प्रस्ट हुन्छ किनभने टुप्पीको स्थानमा संवेदनशील नाडीहरु हुन्छन ।

स्थल चित्र- जसमा पिडित अथवा पुर्व जनप्रतिनिधि कसैको सही छैन, घटना बहादुरको घरको विश्लेक्षण प्रतिबेदन – राकेशलाई मारेको घरको पुर्वतर्फ ७० फीटको दुरीमा मृतक राकेश भक्त पौडेलको माईलो काका खड्ग भक्त पौडेलको घर छ – त्यस्तो काण्ड हुँदा समेत त्यहाँ रहेका कसैले पनि गुहार मागेका छैन त्यस कारण त्यहाँ रहेका कोहि हत्यारा हुन् भने कोहि मतियार रहेको प्रस्ट हुन्छ।

मुलुकी फौजदारी कार्याविधि संहिता २०७४ दफा ६७ मा “कुनै मनासिव आधार भएमा अदालतले त्यस्तो अभियुक्त यी कारण खुलाई पुर्पक्षको लागि थुना मा राख्ने छ” ( सो मुद्दाको मिसिलमा रहेको प्रमाणहरु जस्तै अभियुक्तहरुको रात भरिको दौड धुप, मोबाईलको कल डिटेल रेकर्ड,मृतकको गाडी नल्याई, तिन पांग्रे टेम्पोमा हाली उपचारको नाटक र हत्या काण्ड हुँदा पनि कसैले गुहार नमाग्नु, सातजना रिहा गरिएका अभियुक्तहरु घटना स्थलमा रहेको ,यानले  त्यहाँ रहेका प्रत्येक मानिस, कि हत्यारा वा मतियार भन्ने प्रस्ट हुँदाहुँदै रिहा गरिनुमा ठुलो चलखेल रहेको दास हत्याराहरु र मतियारहरुलाई छोड्ने न्यायाधिश सर्बोच्च अदालत जस्तो सम्मानित न्यालयको योग्य हुन् सक्दैन।

मुलुकी फौजदारी कार्याविधि संहिता २०७४ दफा ६७ को उपदफा (१)( को खण्ड (ग) मा खण्ड (क) वा ( ख ) मा “उल्लेखित कसुरको उध्योग, दुरुत्साहन वा अपराधिक षडयंत्र गरेको वा त्यस्तो कसुरमा मतियार भएको कसुर उल्लेख भएको र अभियुक्तहरुको बयान र प्रमाण अनुसार उपस्थित सबै या त हत्यारा वा मतियार घाम जत्तिकै छर्लंग रहेको हुँदा जिल्ला अदालत बाराले थुनामा राखेको मनासिब साबित हुन्छ ।

न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस हुनु भएकी श्री शारंगा सुबेदी उच्च अदालत जनकपुर, बिरगंज इजलासमा छँदा न्यायाधिशको पदीय आचरण र मर्यादा बिपरित बिचलित भई गरेको बिबादित आदेश समेतका कागजातसमेत संगै राखी आवश्यक कारवाही गरि पाउन न्याय परिषद सचिवालय समक्ष मिति २०८०/०६ / २१ गते निवेदन दर्ता नम्बर (१०३) दिएकोमा कुनै पनि छानविन र कारवाही गरिएन र पटक पटक त्यहाँ गई सोधपुछ गर्दा पनि कुनै जानकारी दिईएन  पौडेलको उजुरीमा उल्लेख छ ।

यस्तो छ चिरन्जीवी भक्त पौडेलले संसदीय सुनुवाई समितिमा दिएको उजुरीको पूर्णपाठ