इक्यान चितवनका सफल काेषाध्यक्ष पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिने
चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनकाे १२ औं साधारणसभा तथा ७औं अधिवेशन मंसिर २९ गते हुँदैछ । याे अधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षका लागि अकारूई एजुकेशनका संचालक प्रज्वल पाैडेलले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका काेषाध्यक्ष पाैडेलले उपाध्यक्षका लागि उम्मेदवारी दिने भएका हुन् ।
उनलाई इक्यानले काेषलाई वृद्धि गरेर सक्षम इक्यान बनाएकाे भन्दै सफल काेषाध्यक्षकाे रूपना चिन्ने गरिएकाे छ । इक्यान चितवनकाे काेषाध्यक्ष हुँदा ऋणमा रहेकाे इक्यानकाे काेषलाई दुई वर्षमा ऋण मुक्त बनाएर इक्यानका शाखाहरू मध्य सबैभन्दा धनी शाखा बनाएकाे भन्दै प्रसंसा भइरहेको छ । याे कार्यकालमा उनले गरिव, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन र दैबिक प्रकाेपमा परेकालाई सहयाेग गर्न स्थापित अक्षय काेषलाई बढाएर नेतृत्व क्षमता प्रस्तुतसमेत गरेका थिए ।
पाैडेलले चितवन इक्यानलाई डिजिटल इक्यान बनाउन आफू सफल भएकाे भन्दै उपाध्यक्षमा निर्वाचित भए काेषाध्यक्ष हुदा प्राप्त गरेकाे अनुभवलाई प्रयाेग गरेर शक्तिशाली इक्यान बनाउने याेजना रहेकाे बताए । माेटिभेट न्यूजसँगकाे कुराकानीमा उनले निर्वाचित अध्यक्षलाई सहयाेग गर्ने, उपाध्यक्षकाे हैसियतले प्राप्त हुने विभागिय जिम्मेवारलाई कुशलतापूर्वक निर्वाह गर्ने, इक्यानकाे काेष बढाउन थप पहल गर्ने याेजना रहेकाे सुनाए ।
उनले इक्यान सदस्यहरूकाे हकहितका लागि संघर्ष गर्ने, अक्षय कोषलाई बढाउने, परामर्श व्यवसायलाई मर्यादित बनाउन पहल गर्ने, भाषा प्रशिक्षण तथा परामर्श तालिम संचालन गरेर दक्ष बनाउने याेजना रहेकाे बताए ।