इक्यान निर्वाचन : दुबै प्यानलले टुंग्याए उम्मेदवार 

बिहिबार, २८ मंसिर २०८०

चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान), चितवन शाखाकाे निर्वाचन नजिकिँदै गर्दा प्रतिस्पर्धामा रहेका दुबै प्यानलले उम्मेदवारको टुंगो लगाएका छन् । संस्थापन पक्षबाट दिपकचन्द्र भट्टराईकाे नेतृत्वमा र संस्थापन इतर पक्षबाट कृष्ण कंडेलकाे नेतृत्वमा उम्मेदवारकाे टुंगाे लागेकाे छ ।

संस्थापन पक्षबाट उपाध्यक्षमा प्रज्वल पाैडेल, सचिवमा ठाकुर रेग्मी (शिशिर), काेषाध्यक्षमा सागर श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने संस्थापन इतर पक्षबाट उपाध्यक्षमा केशवराज सेंडाई, सचिवमा सुजन थापा र काेषाध्यक्षमा लक्ष्मण कंडेल उम्मेदवार बन्ने पक्का भएकाे छ ।

कार्यसमिति सदस्यमा संस्थापन पक्षबाट उज्वल आचार्य, मेघराज कंडेल, शिवराज पाैडेल र सुशील परियारले उम्मेदवारी दिने भएका छन् भने संस्थापन इतर पक्षबाट डा. टंक ओझा, सम्भु पन्त र सन्ताेष लाेहनी उम्मेदवार बन्ने छन् ।

मंसिर २९ गते शुक्रवार (भाेली) इक्यान चितवनकाे १२ साधारणसभा तथा ७औं अधिवेशन हुदैछ । याे अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ छ ।

संस्थापन पक्षबाट अध्यक्षकाे उम्मेदवार बनेका भट्टराई बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । निपाेन एजुकेशनका संचालक उनी १४ वर्षदेखि परामर्श क्षेत्रमा सक्रिय छन् । अध्ययनका लागि जापान पुगेका भट्टराई छ बर्षपछि नेपाल फर्किएर परामर्श व्यवसायमा आबद्ध भएका थिए ।

जापानीज भाषा पुस्तकका लेखक भट्टराईसँग बिभिन्न संघ संस्थामा नेतृत्व गरेकाे अनुभव छ । भट्टराई लायन बर्ष २०१७/१८ का प्रेसिडेन्ट हुन् भने उनीसँग विभिन्न सहकारी संस्थाको नेतृत्व गरेकाे अनुभव पनि छ ।

यता, संस्थापन इतर पक्षबाट अध्यक्षकाे उम्मेदवार बनेका कंडेलसँग बिभिन्न संस्थालाई नेतृत्व प्रदान गरेकाे लामाे अनुभव छ । एआईएमएस अब्राेड एजुकेशका संचालक उनी १२ बर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन् ।

लायन क्लब अफ कालिगण्डकीका प्रेसिडेन्ट भइसकेका उनी टाेल सुधार समितिकाे अध्यक्ष, खानेपानी उपभोक्ता समितिकाे अध्यक्ष भएर लामाे समय नेतृत्व गरेकाे अनुभव छ । निर्वाचनमा दुवै प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे छ ।