शंखरापुर नगरपालिका र मनास्लु वल्र्ड कलेजबीच शैक्षिक सम्झौता

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं – काठमाडौंकाे शंखरापुर नगरपालिका र मनास्लु वल्र्ड कलेजबीच विभिन्न शैक्षिक सम्झौता भएकाे छ । नगरपालिका र कलेजबीच विभिन्न शैक्षिक कार्यक्रमहरु संचालनार्थ बिहीबार एक सम्झौता भएको हाे ।

नगरपालिकामा एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरिएकाे छ । कार्यक्रममा शंखरापुर न.पा.का नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकिय अधिकृत वासुदेब खनाल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुकदेव नेपाल लगायत विभिन्न वडाका वडाध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे ।

शंखरापुर न.पा.को तर्फबाट नगर प्रमुख रमेश नापित र मनास्लु वल्ड कलेजको तर्फबाट कलेजका अध्यक्ष गेन्द्र लामाले सयुंक्त रुपमा हस्ताक्षर गरेका छन्  । सम्झाैता अनुसार मनास्लु वल्र्ड कलेजले नगरपालिकाका एसईई उत्तीर्ण जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीलाई नगरपालिकाको सिफारिसमा वार्षिक १० जनासम्मलाई +२ अध्ययनका लागि छात्रावृत्ति प्रदान गरिने छ साथै स्तानक तहका लागि पनि छात्रावृत्ति प्रदान गरिने छ ।

नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्मालयहरुका शिक्षक शिक्षिका तथा विद्मार्थीहरुलाई क्षमता अभिवृत्ति तथा विभिन्न शैक्षिक उन्नयनका कार्यक्रमहरुमा मनास्लु वल्र्ड कलेजले विशेष सहोग तथा सहकार्यमा गरिने सम्झाैतामा उल्लेख छ ।