कार्यसमिति सदस्यमा भिड्दै निहाेनका शम्भु पन्त
चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान), चितवनकाे निर्वाचनमा निहाेन एजुकेशन सेन्टरका सञ्चालक शम्भु पन्तले कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका छन् । इक्यानकाे कार्यसमिति सदस्य भएर शैक्षिक परामर्श क्षेत्रमा देखिएका विकृति, विसंगतिकाे अन्त्य गर्न शुक्रबार हुने निर्वाचनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।
उनले आफू निर्वाचित भएकाे खण्डमा परामर्श क्षेत्रमा देखिएका विकृति हटाउन बताए । “इक्यान चितवनका सदस्य साथीहरुले परामर्श क्षेत्रलाई बदनाम बनाइरहेका छन् ।”, माेटिभेट न्यूजसँगकाे कुराकानीमा उनले भने, “बदनाम भएकाे याे क्षेत्रलाई स्वच्छ बनाउन मैले कार्यसमिति सदस्यमा उम्मेदवारी दिन लागेकाे हुँ ।”
“यहाँ कसैले जापानीज भाषा जापानीद्वारा भनेर विज्ञापन गरेको छ तर जापानीज छैन, अनाबश्यक र हुँदै नभएकाे विषय राखेर विज्ञापन गरेको छ, बोर्डमा एउटा नाम छ तर काम अर्कै संस्थाबाट गरेको, अफिस बन्द भइसकेको छ तर इक्यानकाे भाेटर लिस्टमा नाम छ ।”, उनले भने, “यस्ता व्यवसायीलाई तह लगाउन म इक्यानमा आउनै पर्ने भयाे । त्यही भएर कार्यसमिति सदस्यमा मेराे उम्मेदवारी रहनेछ ।”
उनले आफू निर्वाचित भएकाे खण्डमा ताेकेभन्दा ठूलाे बाेर्ड राख्न नदिने, इक्यानले आयाेजना गर्ने कार्यक्रममा इक्यानकाे सदस्यबाहेक अरूलाई आउन नदिने, इक्यानलाई अनुसासित बनाउने, उमेर भन्दा पनि याेग्य व्यक्तिलाई इक्यानकाे नेतृत्वमा ल्याउने याेजना रहेकाे बताए ।