हामीले विदेश पठाएकाे मात्र हाेइन, रेमिट्यान्स पनि ल्याएका छाैं : विष्णुहरी पाण्डे
चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्व अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्श व्यवसायीहरूले नेपालबाट पुँजी पलायन हराएकाे मात्र नभई ठूलाे मात्र रेमिट्यान्स भित्र्याएकाे बताएका छन् । शुक्रबार इक्यान चितवनकाे १२औं बार्षिक साधारणसभा तथा ७औं अधिवेशनकाे उद्घाटन सर्तलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
नेपालमा जबरजस्त परामर्श व्यवसायीले युवा र पूँजी पलायन गराएकाे आराेप लगाएकाे भन्दै यस्ताे आराेपलाई भित्रिएकाे रेमिट्यानले जवाफ दिएकाे बताए । उनले अस्ट्रेलिया र अमेरिकाबाट आएकाे रेमिट्यान्सले सबैलाई जवाफ दिएर व्यवसायीले ब्रेन गेनकाे भूमिका खेलेको बताए ।
नेपालका परामर्श व्यवसायीहरूले ब्रेन गेन गराइरहेकाे भन्दै व्यवसायीलाई सरकारले सम्मान गर्नुपर्ने बताए । सभाकाे अध्यक्षता शाखाका अध्यक्ष समुन्द्र अर्यालले गरेका थिए भने उपस्थिति सबैलाई उपाध्यक्ष दिपकचन्द्र भट्टराईले मन्तब्य मार्फत स्वागत गरेका थिए ।