नुवाकोटमा समाजवादी माेर्चाकाे सन्देशसभा सम्पन्न
काठमाडौं – चार पार्टी सम्मिलित समाजवादी माेर्चा नेपाल, नुवाकोटकाे सन्देशसभा सम्पन्न भएकाे छ । शनिबार नुवाकोटकाे सदरमुकाम बिदुरमा सन्देशसभा सम्पन्न भएकाे हाे ।
समाजवादी मोर्चा नेपाल नुवाकोट जिल्ला स्तरिय सन्देशसभाको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य, नुवाकोट जिल्ला ईन्चाज तथा समाजवादी मोर्चा नेपाल नुवाकोटका अध्यक्ष निर्देश सी गरेका थिए भने समाजवादी मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्य तथा जनता समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पाेलिटब्युराे सदस्य तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा पश्चिम् ताम्सालिङ ब्यूरो ईन्चाज आजाद सी, नेकपा केन्द्रीय सदस्य जिवन्त सी, नेकपा (माओवादी केन्द्र )केन्द्रीय सदस्य पुस्पबिक्रम मल्ल, केन्द्रीय सदस्य तेजबहादुर मिजार, एकीकृत समाजवादी केन्द्रीय परिषद सदस्य यम कुमार खाती, जसपा नेपाल प्रदेश सल्लाहकार समिति अध्यक्ष ईश्वर कुमार राहुत, नेकपा (माओवादी केन्द्र )नुवाकोट जिल्ला संयोजक पुस्प लामिछाने (अरुण ), नेपाल कम्युनिस्ट पार्टी नुवाकोट जिल्ला सचिव तथा समाजवादी मोर्चा नेपाल नुवाकोट सदस्य सचिव संगम सी, जसपा नेपाल नुवाकोट जिल्ला संयोजक शेर बहादुर बि.क., नेकपा केन्द्रीय प्रतिनिधि सदस्य सृजन सी, नेकपा केन्द्रीय प्रतिनिधि सदस्य शंकर सीकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमकाे संचालक नेकपा (माओवादी केन्द्र ) नुवाकोट जिल्ला सचिव तथा समाजवादी मोर्चा नेपाल नुवाकोट सदस्य सचिव कल्पना रिमाल (सृष्टि )गरेकी थिइन् । माेर्चामा विप्लव नेतृत्वकाे नेकपा, प्रचण्ड नेतृत्वकाे माओवादी केन्द्र, माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी रहेका छन् ।

