नेकपाको पोलिट ब्यूरो बैठक पुनः सुरु,बाँकी सदस्यहरुले धारणा राख्दै

सोमबार, २ पौस २०८०

काठमाडौं – नेकपाको शिबगढाीमा जारी पोलिट ब्यूरो बैठक पुनः सुरु भएको छ । दिउसो ४ बजेबाट पोलिट व्यूरोको बैठक सुरु भएको बताईएको छ ।

खाना आएर केन्द्रीय समितिको बैठक सुरु गर्नको लागि स्थगित भएको पिविको बैठक फेरी सुरु भएको हो ।

बैठकमा महासचिव विप्लव सीले पेश गरेको “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने प्रस्तावमाथि धारणा राख्न बाँकी पोलिट ब्यूरो सदस्यहरुले धारणा राखिरहेका छन ।

धारणा राख्ने पोलिट ब्यूरो सदस्यहरुले महासचिवको प्रस्ताव ठोश परिस्थितिको ठोश विश्लेषण गरेर आएको भन्दै सहमति जनाएका छन । पोलिट ब्यूरो बैठक आज अबेर सम्म भएपनि सक्ने योजना रहेको नेकपाले जनाएको छ ।