लेखा समिति सभापतिको टिप्पणीप्रति राज्य व्यवस्थामा प्रश्न उठ्यो
लेखा समिति सभापतिको टिप्पणीप्रति राज्य व्यवस्थामा प्रश्न उठ्यो
काठमाडौं– एनसेल बिक्री प्रकरणमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलको विषयलाई लिएर सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले गम्भीर टिप्पणी गरेका छन् ।
उनले एनसेल प्रकरणमा सार्वजनिक लेखा समितिले गरिरहेको छानबिन प्रभावित बनाउन सरकारी शक्ति, सत्ता, पहुँच र साधनको प्रयोग गरी भ्रष्टाचार छोप्न खोजेको आरोप लगाएका
उनले फेसबुकमा अगाडि लेखेका छन्, आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरु मार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेल व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेको थियो । छलफलपछि समितिले एनसेल ५ वर्षपछि नेपाल सरकारकै मातहतमा आउने गरी काम गर्न सरकारलाई निर्देशन दिएको थियो ।