काँग्रेस भित्र कति छन विजय गच्छेदारका कार्यक्रता ? यस्तो छ विवरण

बिहिबार, २८ चैत्र २०७५

काठमाडौं – पार्टीलाई नेपाली काँग्रेसमा बिलयी गरेका तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले आफ्ना कार्यक्रताको सम्पूण विवरण पार्टी उपसभापति विमलेन्द्र निधिलाई बुझाएका छन ।

काँग्रेस उपसभापति गच्छेदारले समायोजन समितिका संयोजक समेत रहेका निधिलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५ हजार ४६८ जना क्रियाशील सदस्यका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण हस्तान्तरण गरेका हुन ।

काँग्रेसको गत कार्तिक २० गते को बैठकले दुई पार्टीको सांगठनीक संरचना, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि निधिको संयोजकत्वमा समिति गठन गरेको थियो ।