रेणुकुमारी महतो चढ्ने सरकारी गाडीमा अज्ञात समूहको आगजनी

आइतबार, ८ पौस २०८०

काठमाडौँ – महोत्तरी गौशाला नगरपालिकाकी उप-प्रमुख रेणुकुमारी महतो चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगो लगाएका छन् ।

गौशाला नगरपालिका १ रामनगरस्थित उपप्रमुख महतो आफ्नै घर अगाडी पार्किङ गरेर राखेको प्रदेश २-००२-००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो । पछाडिको टायरमा पेट्रोल छर्केर आगो लगाइएको देखिएको छ ।

आइतबार बिहानै करिब दुई बजेतिर उपप्रमुख महतो चढ्ने गाडीमा आगजनी गर्दा पछाडिको भागमा सामान्य क्षति पुगेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी  गिरीले बताए। उनका अनुसार आगजनी कसले गरेको विषयमा केहि खुलेको छैन । अनुसन्धान भइरहेको छ ।