५३ लाखमा विक्रि भयो बागबजारको हेलो क्याफे
काठमाडौं – काठमाडौंको बागबजारमा रहेको हेलो क्याफे ५३ लाखमा विक्रि भएको छ । क्याफेलाई ग्रेस इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले खरिद गरेको हो । ग्रेसले हेलो क्याफेको विल्डिङमा कर्पोरेट कार्यालय राख्ने प्रयोजनका लागि ठाउँ खरिद गरेको हो ।
ग्रेसले बन्दै गरेको कंगारु एजुकेशन फाउण्डेशनको विल्डिङ अगाडिको घरको स्पेस खरिद गर्नुलाई अथपूर्ण रुपमा हेरिएको छ । कंगारु र ग्रेस प्रतिशपर्धी संस्था हुन् ।
होटलको मालिक र ग्रेसका संचालकबीच खरिद विक्रि सम्पन्न भएको भएपनि घरवेटीसँग भाडाका विषयमा कुरा मिलेको छैन । घरबेटीले स्क्वायर फिटका आधारमा घर भाडामा लगाउने भनेपछि ग्रेसका संचालक लक्ष्मण पौडेल हच्किएका छन् ।
तर पौडेलले आफूले होटल किनेको विषय अस्वीकार गरेका छन् । उनले मोटिभेटसँगको कुराकानीमा आफूहरुले स्पेस खोजेको भएपनि खरिद गरिनसकेको बताए । श्रोतले दिएको जानकारी अनुसार उनले उक्त स्पेस अर्कैले खरिद गर्नसक्ने सम्भावनालाई मध्येनजर गर्दै विषय गोप्य राख्न खोजेका छन् ।