बालकुमारी हत्याकाण्ड, प्रक्राउ पुर्जी र सर्वोच्च अदालतको नियत

आइतबार, १५ पौस २०८०

काठमाडौँ -पुस १३ गते ललितपुर जिल्लाको बालकुमारीमा बेरोजगार युवा र प्रहरीको झडपमा २ जना निर्दोष युवाको ज्यान गएको छ । बहालवाला मन्त्रीको सवारी साधनमा आगजनी भएको छ। उक्त घटनाले सरकारको कार्यशैली, युवाहरूको आक्रोसको स्तर मापन नै गरेको छ । जङ्गल सुकेको छ र सानो झिल्को त्यसमा प¥यो भने सारा जङ्‌गल खरानी बन्न सक्छ भन्ने कुरा त्यसले संकेत गरेको छ । चीनको ४ मई विद्रोह, नेपालको २०३५/०३६ को विद्रोह, २०४६ सालको जन आन्दोलन त्यस प्रकारका विद्रोह थिए ।

देशमा आक्रोश, निराशा, पीडा, चिन्ता, विद्रोही मानसिकता, छटपटी चरम अवस्थामा पुगेको छ । त्यो समवेत स्वर डरलाग्दो कोलाज बनेर प्रतिध्वनित भइरहेको छ। त्यो कुनै पनि समय, कुनै पनि विन्दुबाट ज्वालामुखी जसरी बिस्फोट, हुनसक्छ । धरतीको सयौं किलोमिटर मित्र भैरहेको उथलपुथल बुझ्न नसक्ने व्यक्ति भूगर्भविद् हुँदैन । सतहका दृश्य त जसले पनि देख्दछ । त्यसैगरी राजनीतिको भित्रीतहमा भयानक, त्रासदीमय कोलाज प्रतिध्वनित भइरहेको छ । र त्यो कुनै पनि बेला बिस्फोट हुनसक्ने कुरा पुष १३ गतेको घटनाले जनाउ दिएको छ।

यो सङ्‌कट कम्युनिस्ट र समाजवादको सङ्‌कट नभएर दलाल पुँजीवादको सङ्‌कट हो । व्यवस्थाको असफलतालाई गगन थापा, रवि, सिकेजस्ता अमेरिकी मतियारलाई ल्याएर समाधान हुँदैन । देशको नागरिकता नै परिव्याग गरेर हिडेको मात्रृधाती, देशद्रोही कुनै कपूतले देश बनाउला भनेर आशा गर्न आफैमा मूर्खतापूर्व कार्य हो। गगन थापाको चरित्र उनको नुवाकोटको बाख्रा फारम र चितवनको माछा पालनमा व्यक्त भएको छ।

मन्त्री हुँदा व्यवसाय गर्ने भनेर लिएको सरकारी अनुदान ठगेर बस्ने व्यक्तिले देश बनाउँछ त रु गगनको विकास पोका १ वर्ष नाघिसक्दा अर्थात एमसीसी के गर्दछ रु सबैलाई थाहै छ । सिके राउत त नाङ्गो देशद्रोही मान्छे हुन । अर्कोतिर छन् देश भक्त भन्ने मूर्तिचौरका खलक १ कलाकार प्रविन गुरुका हत्याराहरू १ जसले भाजपाको नुन खाएर धमिलो पानीमा माछा मार्न खोज्दछन् । यी विदेशी दलालहरू पृथ्वीनारायण शाहको गीत गाउँछन् । पृथ्वीनारायण शाहले जीवनभरी ब्रिटिश साम्राज्यवादको विरुद्ध लडेका थिए । आफुलाई देश भक्त भन्ने भाइमारा मनुवाहरू, अमेरिकाको चाकरी गर्छन र एमसीसीको स्वागत गर्छन् । यिनीहरुलाई अमेरिकीहरुको अपनवायू पनि वास्नादार लाग्छ । यथार्थ के हो भने एमसीसीको विरोध नगर्नेहरू देश भक्त पनि हुँदैनन् ।

देशमा अहिले देश भक्त र कम्युनिस्ट धारलाई कमजोर पार्ने खेलमा दलाल पूँजीवाद जोडतोडले लागेको छ। त्यसले भीम रावललाई कुनामा धकेल्छ, झलनाथलाई चुनाव हराउँछ, मिनबहादुर गुरुङलाई जेल हाल्छ र लिलामणी पौडेललाई मुद्दा लगाउँछु । यो देशको अर्थतन्त्र चौपट पार्ने नेपाल र भारत दुवै देशको नागरिकता लिएको मारवाडी हो की गुरुङ । जनयुद्धमा पनि एउटा मारवाडीको रौं झरेन । त्यो दलाल पुँजीपति समुदाय आज पनि हालिमुहाली गर्दैछ ।

विदेशी मुद्रा लुकाउने, सुन थुपार्ने, नेताहरू किन्ने, भारतको इसारामा चल्ने, अर्थतन्त्र नियन्त्रण गर्ने त्यो देशद्रोही वर्गले आर्थिक संकट प्रायोजन गरेको छ। यही कृत्रिमा जमिन (प्रोक्सी ग्राउण्ड) मा अमेरिका र भाजपा, नाच्दैछन । पछिल्लो समय नेकपा र त्यो पार्टीको नेतृत्वप्रति जन आकर्षण बढ्दो छ। रवि र सिके राउत स्थिर छन् भने अरु खुइलिदै छन् । काँग्रेस, एमाले र माओवादी अवसर पाएर परीक्षामा अनुतिर्ण भएका (टेस्टेड) पार्टी र नेता हुन । उनीहरू पटक–पटकको मौका परीक्षामा पनि अनुतिण भइसकेका छन् । ओली सरकारसँगको ३ बुँद सहमती हुँदै समाजवादी मोर्चासम्म पुग्दा नेकपा संसदवादमा आउला कि भनेर झिनो आशा गरेका थिए होलान ।

तर त्यो आशा निराशामा बदलिएपछि ‘सरकारमा रहेका पार्टीसँग मिलेर सत्ता विरुद्ध लड्न पाइन्न’ भन्ने निष्कर्षमा दलाल पूँजीवाद पुगेको छ। त्यही रणनीति अनुसार काठमाडौँ जिल्ला अदालतको न्यायधीस नामधारी बुख्याँचा मार्फत विप्लवलगायत नेताहरुमाथि पक्राउ पूर्जी जारी गरिएको छ । जसले जनतामा भय सृजना गरेर जनलहर मत्थर पार्ने र समाजवादी मोर्चामित्र अविस्वास पैदा गर्ने, जनएकता कम्जोर पार्ने, माओवादी धारलाई नजिकिन नदिने षड्‌यन्त्र गर्दछ। तर कथित पक्राउ पुर्जीले नेकपा झन् रातो, वसन्तको बाली गुराँश जस्तै रातो देखिएको छ ।

बालकुमारी क्याकाण्ड भएकै दिन सर्वोच्च अदालतले पुष १२ गते जनयुद्ध दिवसको दिन विदा दिने सरकारको निर्णय बदर गरेको छ। प्रचण्ड नेतृत्वको सरकारले २०७९ माघ २९ गते जनयुद्ध प्रारम्भ भएको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय २०७९ चैत २ गते राजपत्रमा प्रकाशित भएको थियो । जनयुद्धको बलमा आएको संघीय लोकतन्त्र स्वयं न्यायिक निकायले भोगचलन गरिरहेको छ । जनयुद्धले ल्याएको गणतन्त्रमा पुँजीवादी नेताहरू राष्ट्रपति र मन्त्री भएका छन् ।

तर जनयुद्धमाथि आक्रमण भइरहेको छ। राजतन्त्र र जनतन्त्रको विचमा गृहयुद्ध भयो । तर गृहयुद्ध (२०५२–२०६४) मा संलग्न दुई शक्ति किनारमा छन् र विदेशी शक्तिको आड र दबावमा दलाल पूँजीवाद सत्तारूढ भएको छ । प्रचण्ड त्यही दलाल सत्ताको कारिन्दा भएका छन्। कारिन्दाले हाकिमको आदेश अनुसार लेख्नुपर्छ । गोठालाले मालिकको आदेश र इसारा अनुसार चल्नुपर्छ । गोठालोले चुरीफुरी ग¥यो भने निकालावास हुनुपर्छ । अमलेख भएर ुअमलेखगञ्जवासी हुनुपर्छ। त्यसैले त ‘पेरिश कम्यून’ कृतिमा कार्ल माक्र्सले ‘पुरानो बनिबनाउ सत्ता सर्वहारा वर्गले आफ्नो हितमा जस्ताको तस्तै प्रयोग गर्न सक्दैन’ भन्नुभएको थियो । जनयुद्ध दिवस वा विदा बदर हुनुले नेपालमा संशोधनवाद गलत सावित भएको छ र मार्क्सवादको सत्यता पुनपुष्टि भएको छ । यी सबैसबै घटना र प्रवृत्तिले समाजवादी क्रान्तिको आवश्यकता र औचित्यलाई नै पुष्टि गरेको छ ।

१५ पुस २०८०

लेखक अनिल शर्मा नेकपा स्थायी समिति सदस्य हुन् ।