विजय केसी र जुना कार्कीको जिवन्त अभिनयमा लोक दोहोरी गित ‘तिम्रो भैन म’ सार्वजनिक

बिहिबार, २६ पौस २०८०

काठमाडौं – विजय केसीर जुना कार्कीको जिवन्त अभिनयमा लोक दोहोरी गीत ‘तिम्रो भैन म’ सार्वजनिक भएको छ। पदम क्षेत्री र सुनिता बुढाको सुमधुर आवाज तथा
पदम केसी र जीवन खनालको शब्द सिर्जनामा लिपिवद्द भएको लोकदोहोरी गित केहिदिन अघिमात्र अस्मी अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गोभिन्द पौडेलको संगीत र  दिनेससिंह ठकुरीको म्युजिक भिडियो निर्देशनमा रहेको गीतमा पछिल्लो समयका चर्चित मोडल विजय केसी र जुना कार्कीको ससक्त अभिनय देख्न सकिन्छ।

पछिल्लो समयका निकै ब्यस्त यारेन्जर महेन्द्र भण्डारीको सङ्गीत सम्योजनमा रहेको लोक दोहोरी गित ूतिम्रो भैन मू नेपालकै चर्चित रेकडिङ स्टुडियो मालाश्रीमा रेकर्ड भएको हो। निराजन केसीले दृश्य सम्पादन गरेको गितको छायांकन सुशील डागीले गरेका हुन् । गितको शब्द सङ्गीत र म्युजिक भिडियो अभिनयमा नेपालकै ब्यस्त कलाकारहरु अनुबन्धित छन् ।

गितमा समेटिएका सबै कलाकारहरुले आफ्नो भुमिका अनुसारको दक्षता प्रस्तुत गरेका कारण गितले दिनप्रतीदिन लोकपृयता कमाउदै दर्शक श्रोताहरुको मन मस्तिष्कमा बस्नेछ भन्ने कुरामा निर्माण पक्ष बिस्वस्थ रहेको छ। ‘तिम्रो भैन म’ मा अग्रभागमा रहेर आफ्नो ससक्त प्रस्तुती दिएका केसीद्वारा अभिनित म्युजिक भिडियो २ हजारको हाराहारिमा छन् । केसी गितको म्युजिक भिडियोमा मात्र सिमित छैनन् उनले विभिन्न मुभिहरुमा पनि अग्रभागमा रहेर आफ्नो भुमिका निभाइसकेका छन् ।