स्टडी कनेक्टको फ्रान्स अध्ययन सम्बन्धी ‘इनफरमेशन सेसन’ सम्पन्न

आइतबार, ७ माघ २०८०

काठमाडौं – फ्रान्स अध्ययनको विश्वासिलो शैक्षिक कन्सल्टेन्सी स्टडी कनेक्ट नेपालको फ्रान्स अध्ययन सम्बन्धी इन्फरमेशन सेसन सम्पन्न भएको छ । आइतबार बागबजारस्थित कन्सल्टेन्सीको कार्यालयमा फ्रान्स अध्ययन सम्बन्धी इन्फरमेशन सेसन सम्पन्न भएको हो ।

इन्फरमेशन सेशनमा सहभागी विद्यार्थीले स्टडि कनेक्टले आयोजना गरेको कार्याक्रमबाट आफूहरुले राम्रो परामर्श पाएको बताए । सेसनमा फ्रान्सको कलेज डिप्यारिसका इन्टरनेशनल पार्टनरसिप प्रमुख डेनिल रौराले विद्यार्थीलाई कलेजको बारेमा व्याख्या गर्दै त्यहाँको शिक्षा प्राणाली, कलेजले विद्यार्थीलाई दिने सेवा र सुविधाका बारेमा जानकारी दिएका थिए ।

इन्फरमेशन सेसनमा स्टडि कनेक्टका सीइओ प्रकाश ढकालले आफूहरुले विद्यार्थीलाई सहि परामर्श दिएर फ्रान्स अध्ययनका लागि पठाउने गरेको बताए ।