भरतपुर इलाका समितिको दोस्रो पूर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवन जिल्ला अन्तर्गत भरतपुर इलाका समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
आइतबार भरतपुर महानगर पालिका वडा न १८ ससिनगरमा बसेको बैठकले राजनीतिक वैचारिक क्षेत्रमा, संगठनको क्षेत्रमा, संघर्षको क्षेत्रमा र नमूना कार्यहरुको क्षेत्रमा महत्त्वपूर्ण निर्णय गर्दै दोश्रो पूर्ण बैठक सम्पन्न गरेको हो ।
बैठकले पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने र दुई महिने अभियान संचालन गर्ने निर्णय गरेको पश्चिम जिल्ला चितवनका सेक्रेटरी अटल सीले बताएका हुन् ।
इलाका समितिका सेक्रेटरी हिमाल सीको अध्यक्षतामा बसेको बैठकलाइ प्रमुख अतिथिको रुपमा नेकपा पश्चिम् जिल्ला इन्चार्ज दिनेश सीले सम्बोधन गरेका थिए। त्यस्तै अतिथिहरुमा नेकपा पश्चिम चितवन जिल्ला सेक्रेटरी अटल सी र उक्त ईलाका इन्चार्ज तिलकुमार सी रहेका थिए ।
त्यस्तै सेक्रेटरी अटल सीले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा समाजवादी हरुको पक्षमा जनमत बढिरहेको बेलामा युवा विद्यार्थीहरु यो जनमत लाई सङ्गठनमा बदल्न एकीकृत जनक्रान्तिको विचारलाइ जोडसङ समातेर लाग्नुपर्ने बताए ।
बैठकको प्रमुख अतिथिको रुपमा प्रशिक्षित गर्दै इञ्चार्ज दिनेश सीले कम्युनिस्ट कार्यकर्ता इमानदार ,सरल तथा चौतर्फी क्षमता भएको हुनपर्ने बताए ।
उनले भने, कम्युनिस्टहरु श्रम ,संघर्ष र अनुसन्धानमा अनिवार्य जोडिनुपर्ने भन्दै यतिबेला नेपालमा क्रान्तिको वस्तुगत अवस्था तयार हुँदा पनि आत्मगत अवस्था तयार नभएकाले सम्पुर्ण नेता कार्यकर्ता विचारमा असल विद्यार्थी ,राजनीतिमा कुशल नेता र व्यबहारमा सक्षम सिपाही बन्दै एकीकृत जनक्रान्तिको एकीकृत मानवको रुपमा अगाडी बढ्नपर्छ ।’
बैठकले वर्तमान राजनीतिक परिस्थिति र यसको निकासबारे भरतपुर र माडिका सबै वार्डहरुमा मजदुर किसान, सुकुम्बासी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र सबै राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया गर्ने नमुना कार्य अन्तरगत विद्यार्थी तथा बाम आन्दोलनमा सहिद मित्रमणी आचार्यले खेल्नुनुभयको भूमिकाको उच्च सम्मान गर्दै शालिक सहितको बहुउद्देश्यीय मित्रमणी पार्क निर्माण गर्ने जिल्ला समितिको निर्णयको कार्यनयनको लागि सरोकारवाला निकाय सङ्ग भेटघाट र छलफल बढाउने निर्णय गरिएको छ।
त्यस्तै संघर्षका कार्यक्रम अन्तर्गत लघुवित्त र मिटर व्याज को ज्यादती र लागू औसध बेच बिखन गर्नेलाइ कारबाही गर्ने निर्णय गरेको ईलाका समितिले जनाएको छ।
