सामाजिक अभियन्ता अमृत खत्रीद्वारा पहिरो पिडित बालवालिकालाई सहयोग

बुधबार, १० माघ २०८०

प्यूठान – माण्डवी २ धन्चौरका पहिरो पिडित बालवालिकालाई स्कुलमै पुगी सामाजिक अभियन्ता अमृत खत्री ले स्टेशनरी सामाग्री सहयोग गरेका छन् । माण्डवी गाँउपालिका वडा नं.२ धन्चौरमा जन्मिई आधारभूत तहको शिक्षा लिएका अमृत ले आज आफ्नै गाँउको धन्चौरमा रहेको आधार प्राविमा अध्ययन गर्ने बालवालिकालाई स्टेशनरी सामाग्री प्रदान गरेका हुन् ।

बालवालिकाहरुलाई अमृतले २ ÷ २ वटा कपि,पेन, पेन्सिल, कटर,मेटर र चोकोफन सहयोग गरेका हुन् । धन्चौरमा गतवर्ष २०७९ असोज १८ देखि २२ गतेसम्म परेको अविरल वर्षाको कारण २२ गते राती धन्चौर गाँउ नै पहिरोमा बगेको थियो । जुन पहिरोको कारण धन्चौर गाँउको झण्डै ४० घर परिवार विस्थापित भएको छन् । यतिबेला आधार प्रावि धन्चौरमा विस्थापित सहाराविहिन पहिरो पिडितहरु उच्च जोखिमको बावजुद पनि भत्किएका घरहरु टाल्दै बस्न वाध्य छन् । झण्डै झण्डै अभिभावक र विद्यार्थी विहिन विद्यालय खारेजको अवश्थामा रहेको आधार प्रावि।धन्चौरमा अहिले भने केहि आशाका किरण भरिएका छन् ।

यतिबेला त्यस विद्यालयमा जम्मा जम्मी २२ बालवालिकाले अध्ययन गरिरहेको जसमा १३ छात्रा र ९ छात्र रहेको प्रधानाध्यापक रिता अधिकारी ले जानकारी दिइन् । आफुसहित १ जना बाल बिकास सहयोगी र कार्यालय सहयोगी गरी ३ जना स्टाफ रहेको प्रधानाध्यापक अधिकारीले बताइन । गतवर्षको पहिरो पछि झण्डै २ महिना जति विद्यालय बन्दको अवश्थामा पुगेको र सिंगो गाँउ नै रित्तिएर सुन्यको स्थितिमा रहेको बताउछिन् उनि । रित्तो गाँउको विचमा रहेको सुनसान र खाली विद्यालयका कक्षा कोठाहरु खोल्दै गर्दा दिन पनि वर्ष जस्तै लागेको पिडा सुनाउँदै आफन्तको सरणमा रहेका विस्थापित परिवारमा निरन्तरको घरदैलो र भेटघाट पछि विस्तारै बालवालिकाहरु विद्यालय आउन थालेको उनले बताइन ।

सामाजिक अभियन्ता अमृत खत्री त्यही गाउँमा जन्मिई क क र न न पनि त्यसै विद्यालयमा सिकेका थिए । गरिब र असहायहरुको दुख देख्न नसक्ने अमृत आर्थिक अभावको कारण उपचार नपाई छटपटीरहेका असहायलाई सामाजिक सञ्जाल मार्फत करिब आधा दर्जन सहायोग संकलन अभियान सन्चालन गरी लाखौं रकम जम्मा गर्दै सहयोग हस्तान्तरण गरिसकेका छन् ।

गत वर्ष मात्रै उनले चार वटा अभियान चलाए जस्मा माण्डवी १ तिमिले र माण्डवी २ धन्चौरका पहिरो पिडितहरुका लागि सहयोग अभियानबाट नगद रु १ लाख ५० हजार , क्यान्सर पिडित सुरज अधिकारी बचाउ अभियानबाट नगद रु १ लाख र प्रेसरको कारण प्यारालाइसिस् भई ओछ्यानमै थला परेकी विरामी मनिसा खत्रीको लागि रु ८० हजार नगद संकलन गरी सम्वन्धित परिवारलाई हस्तान्तरण गरी सकेका छन् ।

दुखीहरुको घाउमा सहयोग स्वरुप मल्हम पट्टी गर्न पाउँदा आफुलाई गर्व र आनन्दले छाती प्रफुिल्लत सामाजिक अभियन्ता अमृत बताउछन् । उनले भारतमा रहँदा कामको सिलसिलामा आफुले पाउने मासिक तलवको १० प्रतिशत रकमबाट त्यस विद्यालयमा सहयोग गर्ने यस अघि नै घोषणा गरिसकेका थिए ।