यी हुन् मानव अधिकार उल्लंघन गर्ने सेना, प्रहरी र कर्मचारी
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्नेहरूको नामावली सार्वजनिक गरेको छ।
आयोगले सोमबार मानव अधिकार उल्लंघन गर्ने ६० जनाको नाम सर्वजनिक गरेको छ। २०७९र८० र चालु आर्थिक वर्षमा गरिएको कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै मानव अधिकार उल्लंघन गर्नेहरूको नाम सार्वजनिक गरेको हो। आयोगलाई मानव अधिकार उल्लघंन गर्ने ६६ जनाको नाम प्राप्त भएको थियो।
आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार नेपाल प्रहरीतर्फ ३२ जना, सशस्त्र प्रहरी बलका एक जना, नेपाली सेनातर्फ ४ जना, राष्ट्रिय अनुसन्धानका एक जना, निजामती कर्मचारीतर्फ नासुदेखि सिडिओसम्म १२ जना, तत्कालिन नेकपा माओवादीतर्फ १० जनाको नाम सार्वजनिक गर्दै कारवाहीको माग गरेको हो।
प्रहरीतर्फ प्रहरी उपरीक्षक (एसपी)हरू योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी, प्रहरी नायब उपरीक्षक (डिएसपी)हरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाहको नाम सार्वजनिक भएको छ।
त्यस्तै, प्रहरी निरीक्षकहरू गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी, कमलप्रसाद गिरी, प्रहरी सहायक निरीक्षकहरू नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र बासुदेव चौधरी छन्।
प्रहरी नायब निरीक्षकहरू रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह, चक्र बस्नेत र प्रहरी हवाल्दार भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी र दलबहादुर कार्कीको नाम पनि मानव अधिकार उल्लंघनको सूचीमा छ। प्रहरी जवानमा विनोद ठाकुर, टार्जन गुरूङ र निलम संग्रौलालाई आयोगले मानव अधिकार उल्लघंन गरेको भन्दै नाम सार्वजनिक गरेको छ।
नेपाली सेनामा सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति), सेनानी सुरत रावल (युद्धकार्य अधिकृत), सहसेनानी चव्रबहादुर कार्की, क्याप्टेन दिनेश थापाको नाम सार्वजनिक भएको हो।
राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेल छन्।
निजामति कर्मचारीतर्फ प्रजिअहरू माधवप्रसाद ओझा, शालिग्राम शर्मा पौडेल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचार्य, शिवप्रसाद नेपाल र सहायक प्रजिअ पुरूषोत्तम अधिकारी छन्।
आयोगले कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल, बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्रप्रसाद पौडेलको नाम पनि सार्वजनिक गरेको छ।