बुटवलकाे फेयर सफलतापूर्वक सम्पन्न गर्दै एसआई युकेकाे टिम चितवन प्रस्थान
पाेखरा – “एसआई युके” काे “युके एजुकेशन फेयर २०२४” बुटवल संस्करण सफलतापूर्वक सम्पन्न पछि एसआई युकेकाे टिम चितवन प्रस्थान गरेकाे छ । शुक्रबार चितवनमा आयाेजना हुने फेयरमा सहभागी हुन विश्वविद्यालयका प्रतिनिधिसहितकाे टिम बुटवलबाट चितवन प्रस्थान गरेकाे हाे ।
एसआई युकेकाे टिम आज चितवन साैराहमा गएर बस्ने छ । टिममा एसआई युकेका निर्देशक विनय अधिकारीसहित ३५ विश्वविद्यालयका प्रतिनिधि रहेका छन् । एसआई युकेले भरतपुरकाे लायन्स चाेकस्थित कार्यालयमा युके एजुकेशन फेयर आयाेजना गर्नेछ ।
उक्त फेयरमा युकेका ३५ विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिनेछन् । फेयरमा उपस्थिति विद्यार्थीलाई ठाउँकाे ठाउँ अफर लेटर दिने एसआई युके जनाएकाे छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफरसहित एसआई युकेकाे टिम चितवन आएकाे छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितकाे सुविधा पनि दिने बताइएकाे छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खाेजिदिने गरेकाे छ ।