रौतहट डुंगा दुर्घटना: २ को शब फेला, ३ अझै बेपत्ता
भदौ १०, रौतहट – गौर नगरपालिका ४ को टिकुलिया घाटस्थित शनिबार साँझ बन्जारा गाउँबाट टिकुलिया तर्फ आउँदै गरेको डुंगा ललबकैया नदीमा आएको बाढीले डुंगा बगाउदा २ जनाको शब फेला परेको छ भने ३ जना अझै बेपत्ता छन्।
डुंगामा सवार २२ जना सम्पर्कमा आएका छन्। बेपत्ताहरु खोजि कार्य जारि रहेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । ‘डुङ्गा चालकका अनुसार अझै ३ जना हराइरहेका अनुमान छ’ । डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने यकिन भएको छैन।