नेपालले क्यानडालाई दियो २२५ रनको चुनौती

बिहिबार, २५ माघ २०८०

काठमाडौँ – नेपालले एक दिवसीय क्रिकेटको पहिलो खेलमा क्यानडालाई जितका लागि २२५ रनको चुनौती दिएको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धातिर ५० ओभरमा २२४ रन बनायो ।

ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए ।

त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए ।

सन् २०१८ मा पहिलो पटक एक दिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक औपचारिक एक दिवसीय श्रृंखला खेलिरहेको हो ।क्यानडा तीन खेलको एक दिवसीय श्रृंखला खेल्न नेपाल आएको हो । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।