पहिलोपटक वर्षको वैश्विक तापक्रम १.५ डिग्री

बिहिबार, २५ माघ २०८०

काठमाडौं – युरोपेली संघ (ईयू) को जलवायु सेवाले पहिलोपटक एक वर्षको तापक्रम १.५ डिग्री सेल्सियस नाघेको बताएको छ ।

सन् २०१५ मा विश्वभरका नेताहरूले दिर्घकालीनरूपमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी नाघ्न नदिने लक्ष्य राखेका थिए । विश्वको तापक्रम योभन्दा बढी पुगेमा खतरनाक क्षति भोग्नुपर्ने बताइएको छ ।

वर्षभरीको तापक्रमले सीमा नाघ्दैमा पेरिस सम्झौता नटुटेको तर सीमा नाघ्ने सम्भावनाको नजिक पुगेको वैज्ञानिकहरूको भनाइ छ । कार्बन उत्सर्जन घटाउन सके तापक्रम वृद्धिलाई सुस्त बनाउन सक्ने बताइएको छ ।