पाेखरा, बुटवल, चितवनकाे फेयर सफलतापूर्वक सम्पन्न गर्दै काठमाडौं फर्कियाे एसआई युकेकाे टिम

शुक्रबार, २६ माघ २०८०

काठमाडौं – “एसआई युके” काे टिम “युके एजुकेशन फेयर २०२४” सफलतापूर्वक सम्पन्न गर्दै काठमाडौं फर्किएकाे छ । माघ २२ गते पाेखरा, २४ गते बुटवल र २६ गते चितवनको युके एजुकेशन फेयर सम्पन्न गर्दै एसआई युककाे टिम काठमाडौं फर्किएकाे हाे ।

एसआई युकेकाे टिम भरतपुर विमानस्थलमार्फत काठमाडौं आएकाे छ । फेयरमा झण्डै १ हजार विद्यार्थीले सहभागिता जनाएका थिए ।
उक्त फेयरमा युकेका ३५ विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिएका थिए भने विद्यार्थीलाई लाखाैंकाे छात्रवृत्ति प्रदान गरिएकाे थियाे ।

एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने गरेका छन् ।

एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितकाे सुविधा पनि दिने बताइएकाे छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खाेजिदिने गरेकाे छ ।