अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा जनक

शनिबार, २७ माघ २०८०

काठमाडौं – अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा जनक सी निर्वाचित भएका छन् । जिल्लाको ऐतिहासिक २६ औँ सम्मेलनबाट जनक सी सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको उपाध्यक्षमा हेमु सी, सचिवमा बिबेक सी, सह सचिवमा फिरोसा सी र कोषाध्यक्षमा सन्ध्या सी निर्वाचित भएका छन् ।

बिहीबार पाटन मावि, पाटनढोका भएको सम्मेलनले राष्ट्रिय सम्मेलन सम्पन्न पार्नका लागि जिल्ला कमिटी जुट्ने निर्णय गरेको छ ।