दुर्गा प्रसाईंलाई पार्टीमा ल्याउने कसरतमा रहेको राप्रपालाई प्रसाईंबाटै लाग्यो गम्भीर आरोप

बुधबार, २ फाल्गुन २०८०

काठमाडौं – दुर्गा प्रसाईंलाई पार्टीमा ल्याउने कसरतमा रहेको राप्रपालाई नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबाटै गम्भीर आरोप लागेको छ।

बुधबार प्रसाईंले  पत्रकार सम्मलेन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो अभ्याना बिथोल्न खोजेको आरोप लगाउँदै राप्रपासँग वार्ता नगर्ने बताएका हुन्  ।  उनले राप्रपाले अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको प्रसाईंले बताए ।

उनले आफू एमालेको केन्द्रीय सदस्य रहेको बताउँदै राप्रपामा भित्रिने कुरा कल्पना भन्दा बाहिर रहेको प्रष्ट पारे ।

प्रसाईंले आफूले अभियानमा राप्रपाका मानिससमेत नल्याउने बताए । उनले आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको जानकारी दिए ।