निराधार तथा बदनियतपूर्ण भनाइ/समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण
काठमाडौँ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले निराधार तथा बदनियतपूर्ण समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिबिफिनले निराधार तथा बदनियतपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
सिबिफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिकासमेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति÷समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्ने कार्यहरुप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको छ ।’
बैंकले सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गरिएको तथ्य जगजाहेर रहेको जनाएको छ ।
