अब भारतका १० बैंकबाट नेपालमा फोनपे गर्न सकिने

बुधबार, १६ फाल्गुन २०८०

काठमाडौँ – नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलका अनुसार नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सक्नेछन्   ।

यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता हुनुपर्नेछ । सोअनुसार भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न सक्ने भएका हुन् ।

तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ । ‘भारतका सीमित बैंकको क्युआर मार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको छ,’ पौडेलले भने । यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।

फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने बताए । उनले १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावलाई ‘इनएबल’ गर्न बाँकी रहेको बताए ।