फ्रान्सका सम्राट नेपोलियनको सफलता सुत्र !

बुधबार, ४ बैशाख २०७६

काठमाडौँ – मोटिभेट न्युज डटकमले हरेक दिन सफलताका कथाहरु, प्रेरक कथाहरु यहाँहरुको माझमा पस्किरहेको । यसै अन्तरगत आज हामी यहाँहरुलाई दूरदर्शीताका फाइदाका विषयमा चर्चा गर्दै छौँ । युद्धको समय थियो, फ्रान्सका सम्राट नेपोलियन पालमा मस्त सुतिरहेका थिए । यो आधा रातको समय थियो । तब अचानक अंगरक्षकले उठाउदै भने ‘महाराज, सेनापती तपाईसँग अहिल्यै भेट गर्न चाहन्छन् ।’

नेपोलियनले कोल्टे फेर्दै भने – ‘सोध के कुरा हो ।’ ‘दक्षिणतिरबाट शत्रुको सेनाले हमला गरे । सेनापति अब के गर्ने भन्ने थाहा पाउन चाहन्छन् ।’

नेपोलियन यो ठूलो खबर सुनेर अलिकति पनि विचलित भएनन् । उनले सेनापतिलाई नबोलाइ अंरक्षकलाई भने, – ‘कुनाको बक्सामा चौतिस नम्बरको एउटा नक्शा राखिएको छ । त्यो सेनापतिलाई देऊ र भन्नु उनी बिहान आएर मलाई युद्धको समाचार दिउन ।’

त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने जवाफी कारवाही कसरी गर्ने भन्ने देखाइएको थियो । त्यही अनुसारको युद्ध भयो र नेपोलियनको सेना विजयी भए ।

भोलिपल्ट सेनापतिले जितको सूचना दिदै सोधे- ‘यती छिटै कसरी योजना बनाउनुभयो ? के कनै देवताले तपाईको मद्दत गर्छन ? नेपोलियनले जवाफ दिए – ‘हो, विचार र दुरदर्शिता नामक दुई देवता सधै मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रती मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए ।’

भविष्यप्रति हाम्रो दृष्टि जति स्पष्ट, जति व्यापक र जति गहिरो हुन्छ त्यति नै हामी जीवनमा सफल हुन सक्नेछौ ।