रास्वपाले गृहसहित यी ४ मन्त्रालयको दाबी नछाड्ने

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं – नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ मन्त्रालय पाउनुपर्ने अडान नछोड्ने भएको छ ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको रास्वपाले यी मन्त्रालयको दाबी नछोड्ने भएको हो ।

गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने बताएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको रास्वपाका नेताहरुको भनाइ छ । रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् ।

मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ । बैठकमा रास्वपाबाट पार्टी उपसभापति स्वर्णिम वाग्ले नै सहभागी हुनेछन् ।