गण्डकी प्रदेश पछि कांग्रेसले सुदूरपश्चिममा पनि गर्यो माओवादीका मन्त्री बर्खास्त

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं -गण्डकी प्रदेश पछि कांग्रेसले सुदूरपश्चिममा पनि माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेको छ।

केन्द्रमा कांग्रेस- माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन्।

माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन्।