नेकपा एकीकृत समाजवादीबाट जोशी र बुढा बने मन्त्री
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ । नयाँ मन्त्रीमण्डलमा नेकपा एसबाट दुई जना मन्त्री सहभागी हुने भएका छन् ।
पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने छन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उनीहरुको नामसमेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।