प्रचण्डलाई कांग्रेसको धम्की, तपाईबाट धोका पाएकाहरु एकैठाउँ आयौं भने तपाइको हालत के हुन्छ
काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीबाट धोका पाएका दलहरू एक ठाउँमा उभिए भने प्रधानमन्त्रीको हालत के होला भन्दै धम्कीपूर्ण कटाक्ष गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रचण्डले धोका दिएको विषय अहिलेको सत्ता गठबन्धन दल नेकपा एमालेले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा समावेश गरेको बताउँदै ढिका पाएका हामि सबै एकैठाउँ आयौं भने के हालत हुन्छ भन्दै धम्कीपूर्ण कटाक्ष गरेका हुन् ।
प्रमुख सचेतक लेखकले भने,‘पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरुको इच्छापूर्ति गर्ने वचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड भनेको रहेछ । यो मेरो कुरा हैन दस्ताबेजबाट लिएको । गठबन्धन भत्कँदा लेखिएको रहेछ, ‘माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका ६ वर्षमा हामी माथि पटक पटक धोका भएको छ ।’ भनेर लेखेको छ । यसलाई कसरी लिनुहुन्छ । पार्टीहरुले आफ्नो दस्ताबेजमा त लेख्दो रहेछ त ।’
उनले प्रधानमन्त्रीले धोका दिन बाँकी दल नै नरहेको बताए । तर एकचोटी सोच्नु, यी धोका पाएकाहरु तपाईँको विरुद्ध एक ठाउँमा उभिए भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला, ख्याल गर्नुहोला ।’