प्रचण्डले बल्ल खोले काँग्रेससँगको गठबन्धन तोड्नुको खास कारण

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य तोड्नुपर्नाका कारण खुलाएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख गरेका हुन्।

प्रधानमन्त्री दाहालले कांग्रेसले समर्थन फिर्ता लिएकोले फेरि विश्वासको मत लिइने पनि बताए।

यस्ता छन् गठबन्धन तोड्नुका खास कारण 

१. व्यक्तिका रूपमा मलाई अप्ठेरो थिएन, राजनीतिक परिणाम निर्णायक भयो।

२. चुनावमा माओवादीले कांग्रेसको सहयोग पाएन।

३. महासमितिमा कांग्रेसले धर्मका नाममा हस्ताक्षर चलायो।

४. महासमितिमा धर्मका नाममा चलाएको हस्ताक्षरले संविधान प्रतिबद्धतामा आशंका।

५. जनयुद्धुलाई दानवीकरण गरियो।

६. साथीहरूले प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन।