टी–२० आई वरीयतामा नेपाली खेलाडीको छलाङ

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० आई वरीयतामा नेपाली खेलाडीले छलाङ मारेका छन् । ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडी रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करणले ठूलो छलाङ मारेका हुन् ।

टी–२० आई वरीयताको ब्याटिङतर्फ पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा छन् । रोहित भन्दापछि भारतका ईशान किशन ५५ औं स्थानमा छन् । जिम्बावेका सिकन्दर राजा ६० औं र भारतका शुभमन गिल ६५ औं स्थानमा छन् ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा छन् । ७० औं स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । यी तीन खेलाडीको समान ४४५ अंक छ । अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गर्दै २७ औं स्थानमा छन् ।

कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औं स्थानमा छन् । श्रीलंकाका धनन्जय डि सिल्भा पनि ३५ औं स्थानमा छन् । यी दुबैको समान ९४ अंक छ । अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा छन् । ७२ औं स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स छन् । यी सबैको समान ४९ अंक छ ।

अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् । अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् । बलिङको शीर्ष १०० मा भने कुनै पनि नेपाली खेलाडी अटाएका छैनन् । टी–२० आई वरीयतामा नेपाल १६ औं स्थानमा यथावत

टी–२० आई वरीयतामा नेपाल १६ औं स्थानमा यथावत छ । नेपालको रेटिङ प्वाइन्ट १७५ छ । युएई १७४ रेटिङ प्वाइन्टका साथ १७ औं स्थानमा छ । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १८४ औं रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआईतर्फ नेपाल १५ औं स्थानमा यथावत छ ।

ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औं स्थानमा छन् । आसिफ शेख ७३ औं र रोहित पौडेल ९५ औं स्थानमा यथावत छन् । दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् । सोमपाल कामी ८० औं र ललित राजवंशी ५४ औं स्थानमा यथावत छन् ।

ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औं स्थानमा छन् । सोमपाल कामी ५५ औं र कुशल मल्ल ५१ औं स्थानमा यथावत छन् ।