माओवादी बैठकमा सांसद र मन्त्रीबिच जुहारी, नारायणकाजीले सापकोटा ग्याङ भनेपछि हङ्गामा

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा गृहबाट परराष्ट्रमन्त्री बनेका पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच जुहारी चलेको छ। पुन: मन्त्री दोहोरिएकोप्रति नेतृत्वप्रति सांसदहरूले असन्तुष्टि पोख्न थालेपछि जुहारी चलेको हो  ।

शनिबार बसेको दलको बैठकमा जायज कुरा उठाउँदा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधवप्रसाद सापकोटाले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘सापकोटा ग्याङ’ भनेको भन्दै आक्रोश पोखेका हुन् ।

सापकोटाको भनाइ भन्दै एक सांसदले भने, ‘नारायणकाजी कमरेड, तपाईंले के आधारमा ‘सापकोटा ग्याङ’ भन्नुभयो ? तपाईंले के आधारमा यस्तो बोल्नुभयो ? तपाईं सधैँ मन्त्री हुनुपर्ने कारण के हो ? कुन विधिका आधारमा तपाईं मन्त्री हुनुभयो ? अन्य साथीहरू कुन आधारमा मन्त्री हुन नपाउने हुनुभयो ?’

नारारयणकाजी श्रेष्ठले पनि सापकोटालाई तत्काल जवाफ दिएको अर्का एक सांसदले बताए । ती सांसदका अनुसार श्रेष्ठले आफूले सापकोटा ग्याङ नभनेको, सापकोटा परिवार भनेको स्पष्टीकरण दिएका थिए । यसरी विवाद वादविवाद चर्किदा बैठकमै हङ्गामा भएको थियो।

माओवादी दलको बैठकमा बोल्नेजति सांसदहरूले मन्त्री बनाउने प्रक्रिया के हो ? विधि के हो रु केका आधारमा मन्त्री हुन पाउने, केका आधारमा मन्त्री हुन नपाउने भनेर प्रश्न उठाएका थिए । सबैभन्दा कडा रूपमा सापकोटा, लेखनाथ दाहाल, मायाप्रसाद शर्मालगायत बोलेका थिए ।