नयाँ समिकरणबाट बिच्किन खोजेका माधवलाई पर्ने भयो एकाएक यस्तो चिठ्ठा
काठमाडौँ – नयाँ समिकरणबाट बिच्किन खोजेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एक वर्षका लागि मुलुकको प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटा ले पछिल्लो सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन तथा प्रधानमन्त्रीको विश्वासको मतको विषयप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘ एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिए ल ! जे पर्छ परोस्’, बाँस्कोटा ले आफ्नो फेसबुक पेजमा लेखेका छन् । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुदैछ भने बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।