वेद इन्टरनेशनलको ‘मार्च टु युके’ सम्पन्न

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं – वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ‘मार्च टु युके’ सम्पन्न भएको छ । मंगलबार वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको केन्द्रीय कार्यालय पुतलीसडकमा ‘मार्च टु युके’ सम्पन्न भएको हो ।

कार्यक्रममा १५ भन्दा बढी युकेका विश्वविद्यालयहरुको सहभागिता रहेको थियो । विहान १० बजेदेखि सुरु भएको ‘मार्च टु युके’ मा ५ सयभन्दा धेरै विद्यार्थीहरुले परामर्श लिएको वेद इन्टरनेशनलले जनाएको छ । यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको विद्यार्थीको भनाई थियो ।

कार्यक्रममा युकेका कार्डिफ युनिभर्सिटी, डरहम युनिभर्सिटी, एबरडीन युनिभर्सिटी, लीड्स बेकेट युनिभर्सिटी, युनिभर्सिटी अफ ससेक्स, युनिभर्सिटी अफ सरे, लिभरपुल जोन मोरिज युनिभर्सिटी, युनिभर्सिटी अफ टिसाइड, युनिभर्सिटी अफ हडर्सफिल्ड, युनिभर्सिटी अफ सिफल्ड, युनिभर्सिटी अफ लिड्स, किङ्स्टन युनिभर्सिटी, रोयल होलोवे युनिभर्सिटी, स्ट्राथक्लाइड युनिभर्सिटी लगायतको उपस्थिति रहेका वेद इन्टरनेशनलका सीईओ आशिक कार्कीले बताए ।

सहभागी विद्यार्थीले आक्रषक उपहारसहित मुभी टिकट, आएल्स पीटिईमा आक्रषक डिस्काउण्ट, फ्रि मक टेस्टको सुविधा प्राप्त गरेका छन् । ‘मार्च टु युके’ मा विश्वविद्यालयका प्रतिनिधिले छात्रवृत्ति, विश्वविद्यालयले दिने सेवा र सुविधाका बारेमा जानकारी दिएका थिए ।