युनिभर्सिटी एड्मिशन नेटवर्कको ‘लार्जेस्ट युके एजुकेशन फेयर’ भोली
काठमाडौं – युनिभर्सिटी एड्मिशन नेटवर्क (युएएन) को ‘लार्जेस्ट युके एजुकेशन फेयर’ हुने हुने भएको छ । युएएनको केन्द्रीय कार्यालय पुतलीसडकमा विहान १० बजेदेखि युके अध्ययन सम्बन्धी ‘लार्जेस्ट युके एजुकेशन फेयर’ हुने भएको हो ।
फेयरको सम्पूर्णm तयारी पुरा भएको युएएनले जनाएको छ । फेयरमा ३५ भन्दा बढी युकेका विश्वविद्यालयहरुको सहभागिता हुनेछ । काठमाडौं पुतलीसडकस्थित कृषि विकास बैंक भएको बिल्डिङको तेश्रो तलामा फेयर हुने आयोजकले हुनेछ ।
फेयरमा सहभागी विद्यार्थीका लागि आक्रषक उपहारसहित विभिन्न सुविधाहरु रहेको युएएनले जनाएको छ । फेयरमा विश्वविद्यालयका प्रतिनिधिले छात्रवृत्ति, विश्वविद्यालयले दिने सेवा र सुविधाका बारेमा जानकारी दिनेछन् ।
फेयरमा सहभागी विद्यार्थीका लागि युके एप्लाई गर्दा मास्टर्स इन रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने, आएल्स र पिटिई नभई एप्लाई गर्न पाउने लगायतका विभिन्न सुविधाहरू प्राप्त हुने आयोजकले जनाएको छ ।