पूर्वआईजीपी र लमजुङका सीडीओलाई पक्राउ गर्न गृहमन्त्रीकाे निर्देशन 

शनिबार, ३ चैत्र २०८०

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निगरानीमा राख्न प्रहरीलाई निर्देशन दिएका छन् । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगकाे प्रतिवेदन अनुसार आईजीपी हुँदाकै बखतमा अवैध सुन तस्करी गर्नेहरूसँग दोहोरो संवाद गरेकाे पाइएकाले सिंहलाई निगरानी गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदनले उनलाई तस्करसँग दाेहाेराे संबाद गरेकाे आराेप लगाएकाे छ । सुन तस्करीका नाइके दावा छिरिङसँग पूर्वआइजीपी सिंहको दोहोरो संवाद भएको कुरा डीएफएलबाट पनि प्रमाणित भएकाले उनलाई निगरानीमा राख्नु पर्ने प्रतिवेदनमा भनिएको छ ।

त्यसै गरी लमजुङका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई पनि निगरानीमा राख्न मन्त्रालयले निर्देशन दिएकाे छ । उक्त प्रतिवेदनले अधिकारीलाई पनि डामेकाे छ । ‘गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत काम गरिसकेका उपसचिव अधिकारीलाई राज्यले निगरानीमा राख्नु पर्ने भनेर जाँचबुझ आयोगले सिफारिस गरेको छ’, गृह स्रोतले भन्यो, ‘अधिकारीको पनि सुन तस्करहरूसँग सम्पर्क भएको, दोहोरो संवाद भएको पाइएको छ ।