विप्लवका दुई जना कार्यकर्ता समातिए

बिहिबार, ५ बैशाख २०७६

रोल्पा, ५ वैशाख – स्टिलको ढाई लिटरको बाल्टीन पड्काउन तयारी अवस्थामा रहेको बाल्टीन १ थान र बम बनाउन प्रयोग गरिने गन्धक १ केजी सहित बुधबार राति प्रहरीले विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ । सुनिलस्मृति गाउँपालिका(४ बर्जीवाङ बस्ने ३७ वर्षीय खहीराम महरा र लुंग्री गाउँपालिका(५ बस्ने ३४ वर्षीय जितबहादुर बिष्टलाई नियन्त्रणमा लिईएको हो ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त विष्‍फोटक पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।