एईसीसीको निशुल्क ‘अस्ट्रेलिया–क्यानडा’ एजुकेशन फेयर आज
काठमाडौं – एईसीसी ग्लोबलको अस्ट्रेलिया र क्यानडा अध्ययन सम्बन्धी ‘अस्ट्रेलिया–क्यानडा एजुकेशन फेयर’ आज हुने भएको छ । फेयर एईसीसीको कार्यालय डिल्लीबजारमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
फेयरमा अस्ट्रेलियाका १५ तथा क्यानडाका १५ विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर परामर्श लिन सकिने एईसीसी नेपालले जनाएको छ । ं२ र ब्याचलर सकेका तथा सक्न लागेका विद्यार्थीले सहभागिता जनाउन सक्ने छन् । फेयरमा विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
फेयरमा उपस्थित विद्यार्थीले १०० प्रतिशतसम्म छात्रवृतिको प्राप्त गर्ने एईसीसीले जनाएको छ । साथै, फेयरमा अस्ट्रेलिया र क्यानडाको एजुकेशन सिस्टम, रोजगारीका अवसर, नेपाली विद्यार्थीका लागि सुविधाहरु र एईसीसीबाट एप्लाई गर्दाका फाइदाका विषयमा जानकारी दिइने बताइएको छ ।
एईसीसीको अस्ट्रेलिया र क्यानडामा ९१ प्रतिशत भिसा सक्सेस रेट रहेको छ । अस्ट्रेलिया भिसा नलागेर बजारमा रुवावासी भइरहेका बेलामा एईसीसीको भिसा रेट राम्रो हुनुमा सहि परामर्श, राम्रो डकुमेन्टेशन र उपलब्ध कोर्ष मुख्य कारण भएको बताइएको छ ।