उपाध्यक्ष नै सुन काण्डमा पक्राउ परेपछि माओवादीको आकस्मिक पदाधिकारी बैठक बालुवाटारमा
काठमाडौँ – पार्टी उपाध्यक्ष कृष्ण बहादुर महरा सुन काण्डमा पक्राउ परेपछि सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटार सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।
सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।