अध्यक्ष प्रचण्डलाई मार्मिक पत्र लेख्दै माओवादीका एक प्रभावशाली नेताले दिए राजिनामा
काठमाडौँ – माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । पदाधिकारी तहका नेताहरू नै भ्रष्टाचार, तस्करी लगायत काण्डमा मुछिएको भन्दै बिहीबार राजीनामा दिएका हुन् ।
‘निरङ्कुश राज्यसत्ताविरुद्ध हजारौँको बलिदानबाट आएका पदाधिकारी तहका नेताहरू नै भ्रष्ट्राचार, तस्करी लगायतमा फस्दै गएकोमा यो पार्टीमा बस्नु मेरो नैतिकताले मानेन । यस्तै मधेसको मुद्दा सम्बोधनका लागि पार्टी अध्यक्षसमक्ष पटक पटक कुरा गर्दा समेत वास्ता गर्नुभएन । भविष्य नै नभएको पार्टीमा बसेर केही होला जस्तो लागेन । त्यसैले पार्टी परित्याग गरेँ’, उनले भने ।
यस्तो छ रामकुमारले अध्यक्ष प्रचण्ड समक्ष पेस गरेको मार्मिक पत्र
आदरणीय अध्यक्ष क.प्रचण्ड
नेकपा (माओवादी केन्द्र)
विषय–राजीनामा
३ वर्ष को भूमिगत जीवन र १५ वर्ष को खुल्ला ९संसदीय० राजनीति मा आदरणीय अध्यक्ष क। प्रचण्ड सँग केन्द्रीय समिति मा रही काम गर्ने अवसर प्राप्त भयो । यो अवधिमा वहाँ लगायतका नेताहरू सँग सहकार्य गर्दा अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो । यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरू लाई हार्दिक धन्यावाद दिन चाहन्छु ।
नेकपा माओवादी पार्टी को असल नीति र क्रान्तिकारी नेतृत्व कै कारण मैले सरकारी सेवा बाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरे। जनयुद्ध को दौरान आफू सौभाग्यवश पटक-पटक बाच्न सफल भए पनि आफ्नो परिवार को सदस्य ले शहादत प्राप्त गरे१ म निर्वाचित संविधान सभा पद माओवादी कै कारण राजीनामा नै दिए । म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमानदारी पूर्वक देश र जनताको पक्षमा दुई दशक सम्म योगदान गर्ने अवसर प्राप्त गरे ।
माओवादी पार्टी मा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकार बाट भइरहेको काम को समीक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभूति हुन्छ । माओवादी पार्टी ले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णय को अधिकार र पहिचान सहित को प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्ण समानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्य को साथै रोजगारीको ग्यारेन्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन१महान् जनयुद्ध को समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्ड मा संलग्न भएको देखेर आत्म ग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिक ले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्ध लाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु ।
सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन ,समृद्धि र सामाजिक न्याय को कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरू बिभिन्न भ्रष्टाचार काण्ड मा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासङ्घ को रूपमा रूपान्तरण हुनु । १० बर्से जनयुद्ध को दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहन कै लागि पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अँध्यारो दिशा तर्फ धकेले को महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आज कै मिति बाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पूर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु ।
२०८० चैत्र ८